काठमाडौं । चीनले हुम्लास्थित नेपाली भूमि अतिक्रमण गरेकोमा छानबिन गर्न गठित समितिलाई नौ लाख रुपैयाँ निकासा गरेको खुलेको छ । गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यको नेतृत्वमा गठित समितिलाई लिमी लाप्चासम्मको भूमिबारे अध्ययन गर्नका लागि नौ लाख रुपैयाँ निकास गरेको अर्थ मन्त्रालयले जनाएको छ ।
सहसचिव आचार्य नेतृत्वको उक्त टोलीले नेपाल–चीन सीमा स्तम्भ नम्बर १२ नजिकैको लिमी लाप्चा क्षेत्रको भ्रमण गरे पनि मौसम प्रतिकुलता भन्दै ११ नम्बर पिलरमा भने नगई काठमाडौं फर्किएको थियो ।
मुख्यतः कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले हुम्लामा चिनियाँ पक्षले भूमि मिचेको भन्दै सार्वजनिक गरेपछि त्यसमा चासो व्यक्त भएको थियो । जसकारण शेरबहादुर देउवा नेतृत्वको सरकारले हुम्लाको नाम्खा गाउँपालिकाको लिमी लाप्चादेखि हिल्सासम्मको सीमा क्षेत्रको सम्बन्धमा उठेका समस्या अध्ययन गरी नेपाल सरकारलाई प्रतिवेदन पेस गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा नापी विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सीमाविज्ञ रहेको समिति गठन गरेको थियो ।
अर्थ मन्त्रालयले ‘हुम्लाको नाम्खा गापा लिमी लाप्सादेखि हिल्सासम्मको क्षेत्रमा सीमा अतिक्रमण भएको भनिएको विषयमा अध्ययन गर्न गठित समितिका लागि नौ लाख रुपैयाँ निकास गरेको थियो । तर, सीमा नै अध्ययन नगरी फर्किएको टोलीले दुवै देशका सीमाविज्ञहरु राखेर समस्या समाधान गर्न गत १० असोजमा सुझाव पेस गरेको थियो ।
गत २५ भदौमा हुम्ला गएको टोली २ असोजमा फर्किएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ पुस २०७८, १२ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चीनका लागि नेपालका पूर्वराजदूतहरूको चेतावनी : ‘एक चीन’ नीतिमाथि नयाँ प्रश्न किन उठ्यो ?
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
चीन र उत्तर कोरियाबीच सहकार्य विस्तार गर्ने सहमति
चीनसँगको सहमतिले अमेरिकी किसानमा नयाँ भरोसा
चीनद्वारा पाँच उपग्रह सफल प्रक्षेपण
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट