काठमाडौँ । आसन्न राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनमा आबद्ध दलका उम्मेदवारहरूलाई जिताउन भूमिका खेल्ने सरकार सञ्चालनका लागि गठित उच्चस्तरीय राजनीतिक संयन्त्रको निर्णय छ ।
आज (बिहीबार) बसेको संयन्त्रको बैठकले आगामी माघ १२ गते हुने निर्वाचनमा गठबन्धनका उम्मेदवारहरुलाई जिताउन भूमिका खेल्ने निर्णय गरेको हो । साथै बैठकले मतदाताहरुलाई गठबन्धनका उम्मेदवारलाई जिताउन अपिल समेत गरेको छ ।
संयन्त्रको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई आइतबारबाट हुने भारत भ्रमणको सफलताका लागि शुभकामना समेत दिएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए । उनका अनुसार प्रधानमन्त्री देउवाको भारत भ्रमणले दुई देशबीचको सम्बन्ध थप बलियो हुने संयन्त्रको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ पुस २०७८, ११ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रिय सभा कार्यसूचीमा प्रवेश नै नगरी स्थगित
दुई वटा विधेयक पारित गर्दै राष्ट्रिय सभा
आज राष्ट्रिय सभाको बैठक बस्दै
जेठ ७ गते राष्ट्रिय सभामा अध्यादेशहरू निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची