काठमाडौँ । आसन्न राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनमा आबद्ध दलका उम्मेदवारहरूलाई जिताउन भूमिका खेल्ने सरकार सञ्चालनका लागि गठित उच्चस्तरीय राजनीतिक संयन्त्रको निर्णय छ ।
आज (बिहीबार) बसेको संयन्त्रको बैठकले आगामी माघ १२ गते हुने निर्वाचनमा गठबन्धनका उम्मेदवारहरुलाई जिताउन भूमिका खेल्ने निर्णय गरेको हो । साथै बैठकले मतदाताहरुलाई गठबन्धनका उम्मेदवारलाई जिताउन अपिल समेत गरेको छ ।
संयन्त्रको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई आइतबारबाट हुने भारत भ्रमणको सफलताका लागि शुभकामना समेत दिएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए । उनका अनुसार प्रधानमन्त्री देउवाको भारत भ्रमणले दुई देशबीचको सम्बन्ध थप बलियो हुने संयन्त्रको विश्वास छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ पुस २०७८, ११ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभा सदस्यहरूले भने : ‘अबको एजेन्डा प्रतिनिधि सभा पुनर्स्थापना होइन, चुनाव नै हो’
अन्तरिम सरकारले ल्याएको पहिलो विधेयक राष्ट्रिय सभामा दर्ता
राष्ट्रिय सभा : विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै
१९ जना सांसद राष्ट्रिय सभाबाट बिदा हुँदै
राष्ट्रिय सभाका अध्यक्ष दाहाल जेनेभा प्रस्थान
राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ११ गते हुने