संस्कृत विश्वविद्यालयमा  ‘इन्जिनियरिङ’ पढाइने

सफल खबर संवाददाता

विहीबार, २२ पुस २०७८, ०८ : ४३
संस्कृत विश्वविद्यालयमा  ‘इन्जिनियरिङ’ पढाइने

काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयले स्थापत्यशास्त्र  ९इन्जिनियरिङ०को पढाइका लागि प्रक्रिया अघि  बढाएको  छ ।  

२०६८  सालदेखि आयुर्वेद स्नातक तह (बीएएमएस) पढाउँदै आएको विश्वविद्यालयले २०७९ सालदेखि स्थापत्यशास्त्र अध्यापनका लागि स्थापत्यशास्त्र अध्ययन संस्थानमा डीन नियुक्त गरेको छ। 

आधुनिक र प्राचीन विषय पढाउँदै आएको विश्वविद्यालयले पछिल्लो पटक  संस्कृततर्फका  प्राविधिक  धारका विषयसमेत  अध्यापन  गराउन थालेको हो ।

विश्वविद्यालयका    उपकुलपति प्राडा यादवप्रकाश लामिछानेका अनुसार   स्थापत्यशास्त्र   अध्यापनका लागि यो वर्ष इन्जिनियरिङ काउन्सिलको मापदण्डबमोजिम  भौतिक  संरचना  र जनशक्तिको तयारीमा लाग्ने बताए ।

प्रतिक्रिया दिनुहोस