भरतपुरमा रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेवान चितवन) गठन, अच्यूत भट्टको नेतृत्वमा ९ जनाको कार्यसमिति

सफल खबर संवाददाता

विहीबार, २२ पुस २०७८, ०८ : ३३
भरतपुरमा रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेवान चितवन) गठन, अच्यूत भट्टको नेतृत्वमा ९ जनाको कार्यसमिति

चितवन । भरतपुर महानगरपालिकाभित्र रहेकाका रेष्टुरेन्टहरुको हकहितमा काम गर्ने उद्येश्यले रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेवान) चितवन गठन भएको छ । 

यस व्यवसायमा आवद्ध युवाहरुले जिल्ला प्रशासन कार्यालय चितवनमा विधिवत रुपमा संस्था दर्ता गरेर संचालनमा ल्याएका हुन् । संस्थामा ९ जनाको कार्य समिति गठन गरिएको छ ।

रेवान चितवनको अध्यक्षमा अच्यूत भट्ट सर्वसम्मत चयन भएका छन भने उपाध्यक्षमा अनुशा पाठक, सचिवमा सन्तोष श्रेष्ठ, कोषाध्यक्षमा विशाल श्रेष्ठ रहेका छन् । सदस्यहरुमा विश्वास पौडेल, हिमाल कँडेल, सरिता काफ्ले केसी, सोनी दवाडी र दिपक अर्याल रहेका छन् ।

रेवान चितवनका अध्यक्ष अच्यूत भट्टले रेवान नेपालसंग सहकार्य हुने गरि यो संस्था गठन गरिएको बताए । उनले जिल्लमा रहेको होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुको छाता संगठन होटल व्यवसायी संघ चितवनले रेवान चितवन गठन गरेको बताए । यस संस्थामा हाल ५० जना रेष्टुरेन्ट व्यवसायीहरु आवद्ध भएका छन् । 

प्रतिक्रिया दिनुहोस