काठमाडौँ । देशभरको मौसम बिहीबार देशभर आंशिकदेखि सामान्य बदली भइ केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले देशभर पश्चिमी वायुको प्रभाव रहेको मौसमविदले बताएका छन्।
हाल सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी तथा बागमती प्रदेशमा सामान्यदेखि पूर्णताया बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। सुदूरपश्चिम तथा कर्णाली प्रदेशका केही स्थान र लुम्बिनी तथा गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना र सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी तथा बाग्मती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्।
यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशका पहाडी तथा तराईका थोरै भू–भागमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
यसैबीच देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना र सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी तथा बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ पुस २०७८, ०७ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी ६ प्रदेशमा वर्षाको सम्भावना
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : यी चार प्रदेशमा वर्षाको सम्भावना
कस्तो रहला आज देशभरको मौसम ?