काठमाडौं । सर्वोच्च अदालतमा विचाराधीन नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले दर्ता गरेको रिट निवेदनको पालो सोमबार पनि नआउँदा लम्बिँदै गएको छ।
ओलीले माधवकुमार नेपालको नयाँ दल र पार्टीले कारबाही गरेका प्रतिनिधिसभा सदस्य बदरको माग गरिएको रिट निवेदन हेर्न नभ्याइनेमा पर्दा लम्बिँदै गएको हो।
गोला प्रक्रियाबाट न्यायाधीशद्वय मीरा खड्का र नहकुल सुवेदीको संयुक्त इजलासमा परेको मुद्दा हेर्न नभ्याइनेमा परेको हो। गत साता पनि हेर्न नभ्याइनेमा परेको मुद्दा एमाले अध्यक्ष ओलीले नेकपा (एकीकृत समाजवादी) को नयाँ दल र पार्टीले कार्वाही गरेका प्रतिनिधिसभा सदस्य बदरको मागसहित भदौ १८ मा सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए। नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, २० पुस २०७८, ०८ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सदस्यता व्यवस्थापन केन्द्रित एमालेको राष्ट्रिय कार्यशालामा ओलीको सहभागिता रहने
नयाँ र पुरानाको नाममा नेतृत्वलाई विस्थापित गर्ने षड्यन्त्र जारी छ : ओली
ओलीलाई अष्टलक्ष्मीको सुझाव- ‘यही बैठकबाट बिदा लिनुस्
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश
ओली र लेखकको हिरासत अवधि पाँच दिन थप