काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सकिएको छ । राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवार तय गर्न सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन् ।
बैठकले १२ माघमा हुन लागेको राष्ट्रिय सभाको निर्वाचनमा कांग्रेसको तर्फबाट उम्मेदवार तय गरेको छ । प्रदेश १ मा गोपाल बस्नेत, बागमतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा कमला पन्त, लुम्बिनीमा युवराज शर्मा, कर्णालीमा दुर्गा पुन र सुदूरपश्चिममा नारायण दत्त मिश्र उम्मेदवार रहने केन्द्रीय सदस्य गोविन्द भट्टराईले जानकारी दिए ।
नेपाली कांग्रेसको १४औँ महाधिवेशनपछि साेमबार दोस्रो केन्द्रीय कार्यसमिति बैठक बसेकाे हाे । केन्द्रीय कार्यसमिति बैठक बस्नु अघि पदाधिकारी बैठक बसेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ पुस २०७८, १६ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस चितवनले मापदण्ड निर्धारण गरेर उम्मेदवार सिफारिस गर्ने
नेपाली कांग्रेस: चितवन– २ बाट प्रत्यक्षतर्फ १० जनाको नाम सिफारिस
पुस ११ भित्र नयाँ र नवीकरण गरेका क्रियाशील सदस्यताको विवरण पठाइसक्न काँग्रेसको परिपत्र
केपी ओलीको क्षेत्रमा कांग्रेसबाट प्रत्यक्षतर्फ ५ जनाको नाम सिफारिस
कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक बस्दै
कांग्रेसले संसद् पुनर्स्थापनालाई लिएर निवेदन दियो सर्वाेच्चमा, महामन्त्री भन्छन्– पार्टीको धारणा होइन