काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशनमा आज विभिन्न तीन आयोगको प्रमुख चयन गरिएको छ । महाधिवशेन सुरु भएको आठौँ दिनको बन्दसत्रमा अध्यक्षमण्डलका सदस्य गणेश शाहले तीन वटा आयोगका प्रमुख चयनका लागि बन्दसत्र हलमा प्रस्तुत गरेका थिए ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका शीर्ष नेताको उपस्थितिमा अध्यक्ष मण्डलका सदस्य शाहले लेखा, निर्वाचन, अनुशासन आयोगका सदस्यको नाम प्रस्तुत गरेको हो । अध्यक्ष मण्डलका तर्फबाट प्रस्तुत भएका ती आयोगका प्रमुख र सदस्यको नाम ध्वनीमतका आधारमा स्वीकृत भएको हो ।
निर्वाचनमा विष्णुपुकार श्रेष्ठलाई निरन्तरता दिइएको छ । अनुशासनमा टङ्क राई र लेखा आयोगका पेशल खतिवडाको नाम अनुमोदन गरिएको छ । तीनवटै आयोगमा २५-२५ सदस्यीय रहने माओवादीको विधानमा व्यवस्था छ । आयोगका सदस्यलाई केन्द्रीय कमिटी बैठकमा उपस्थित हुन पाउने व्यवस्था छ । आजको बन्दसत्रले आर्थिक प्रतिवेदनलाई पारित गरेको छ । हाल बन्दसत्रको कार्यक्रम जारी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ पुस २०७८, १७ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन
प्रतिनिधिसभा चुनाव : रेनु दाहाल चितवन-३ बाट सर्वसम्मत सिफारिस