काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशनमा आज विभिन्न तीन आयोगको प्रमुख चयन गरिएको छ । महाधिवशेन सुरु भएको आठौँ दिनको बन्दसत्रमा अध्यक्षमण्डलका सदस्य गणेश शाहले तीन वटा आयोगका प्रमुख चयनका लागि बन्दसत्र हलमा प्रस्तुत गरेका थिए ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका शीर्ष नेताको उपस्थितिमा अध्यक्ष मण्डलका सदस्य शाहले लेखा, निर्वाचन, अनुशासन आयोगका सदस्यको नाम प्रस्तुत गरेको हो । अध्यक्ष मण्डलका तर्फबाट प्रस्तुत भएका ती आयोगका प्रमुख र सदस्यको नाम ध्वनीमतका आधारमा स्वीकृत भएको हो ।
निर्वाचनमा विष्णुपुकार श्रेष्ठलाई निरन्तरता दिइएको छ । अनुशासनमा टङ्क राई र लेखा आयोगका पेशल खतिवडाको नाम अनुमोदन गरिएको छ । तीनवटै आयोगमा २५-२५ सदस्यीय रहने माओवादीको विधानमा व्यवस्था छ । आयोगका सदस्यलाई केन्द्रीय कमिटी बैठकमा उपस्थित हुन पाउने व्यवस्था छ । आजको बन्दसत्रले आर्थिक प्रतिवेदनलाई पारित गरेको छ । हाल बन्दसत्रको कार्यक्रम जारी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ पुस २०७८, १७ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी र नेसपा एकता पश्चात १५ जना वैकल्पिक केन्द्रीय सदस्य समायोजन
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
माओवादी सांसदले गरे संसदीय सुनुवाइ समितिको बैठक बहिस्कार
माओवादीले माग्यो राज्य व्यवस्था समितिका सभापति खतिवडाको राजीनामा
माओवादीद्वारा समिति बनाउने सरकारको निर्णयको स्वागत
भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन गरेकोमा माओवादी सकारात्मक, सांसदलाई ह्विप नलगाउने