काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा भारतको नयाँ दिल्ली पुगेकी छन् । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी राणा अकस्मात दिल्ली पुगेकी हुन् । उनी दिल्ली जानुको प्रयोजनबारे केही खुलाइएको छैन ।
आइतबार कांग्रेस नेतृ राणासँग भारतीय जनता पार्टी (बीजेपी) का महासचिव विजय चौथाइबालेले भेट गरेका छन् । उनले कांग्रेस केन्द्रीय सदस्य राणा व्यक्तिगत कामका लागि नयाँ दिल्ली आएका बेला भेट गरेको जानकारी दिएका छन् ।
प्रधानमन्त्री देउवा पुसको अन्तिम साता भारत भ्रमणमा जाँदैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृह प्रान्त गुजरातमा हुन लागेको कार्यक्रममा सहभागी हुन देउवा भारत भ्रमणमा जान लागेका हुन् । गुजरातबाटै देउवा नयाँ दिल्ली जाने छन् । प्रधानमन्त्री देउवाको भारत भ्रमण हुनुअघि आरजु राणाको नयाँ दिल्ली भ्रमणलाई अर्थपूर्ण रूपमा लिइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ पुस २०७८, १४ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आरजुले गराइन् थाइराइडको शल्यक्रिया
डा. आरजु राणाद्वारा बाँदर व्यवस्थापनको तालिम लिन भारत हिँडेका प्राविधिकको बिदाइ
सहकारी ठग्ने समूहले नै बचतकर्ताको रकम फिर्ता गर्नुपर्छ : आरजु राणा
‘विवाह लाइसेन्स’को व्यवस्था गर्न आवश्यक : आरजु राणा
कृषि क्षेत्रलाई कम्तीमा ५ प्रतिशत छुट्याउनुपर्छ : आरजु राणा
बाँदर बढेकोमा आरजु राणाको चिन्ता - संख्या घटाउनका लागि परिवार नियोजन विकल्प हुनसक्ने धारणा