काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थप तीनजनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् ।
कांग्रेस विधान २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) को अधिकार प्रयोग गर्दै देउवाले कल्याण गुरुङ, प्रदीप पौडेल र जीवनबहादुर शाहीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
गुरुङ १४ औं महाधिवेशनमा सभापतिमा पराजित भएका थिए । कृष्ण सिटौलानिकट मानिने पौडेल देउवा प्यानलबाट महामन्त्री उठेकोमा पराजित भएका थिए । सहमहामन्त्रीमा पराजित जीवनबहादुर शाही पनि देउवा प्यानलबाट चुनाव लडेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ पुस २०७८, १३ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?
सभामुखको भूमिकामा कांग्रेस सांसदले प्रश्न उठाएपछि रास्वपाको आपत्ति
मन्त्री लम्सालको अभिव्यक्तिमाथि काँग्रेसको प्रश्न : जिम्मेवार पदमा बसेर भौतिक कारवाहीको भाषा किन ?
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : सभापति थापा
काँग्रेसको असन्तुष्ट पक्षलाई पठाएको ७ बुँदे प्रस्ताव सार्वजनिक