एजेन्सी । अमेरिकामा गोली हानाहान हुँदा कम्तिमा तीन जनाको मृत्यु भएको छ । मिसिसिपी राज्यको गल्फपोर्टमा नयाँ वर्षको पार्टीमा गोली चल्दा अन्य चार जना घाईते भएका छन् ।
पार्टीमा धेरै मानिहरुको जमघट भएको थियो । गल्फपोर्ट गोलीकान्डका दोषीको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा ५० भन्दा बढी पटक गोली चलेको थियो । मदिरा र लागू औषधिको सेवनपछि विवाद हुँदा गोली चलेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
प्रहरीका अनुसार आक्रमणका एक घाईतको अवस्था गम्भीर छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरेको छ ।


प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १८ पुस २०७८, ११ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मिसिसिपी गोलीकाण्डमा ६ जनाको मृत्यु
सुनसरीमा गोली लागेर एक जनाको मृत्यु
सिड्नी बन्डी बिच गोलीकाण्ड : आक्रमणकारी बाबु छोरा रहेको खुलासा
अमेरिकाको ब्राउन युनिभर्सिटीमा गोलीकाण्ड, २ जनाको मृत्यु
दाङको लमहीमा गोली चल्यो, एकजना घाइते
मापकपदार्थ सेवन गरेका बुवाले चलाए गोली, छोराको मृत्यु