नवलपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सहकारीमा थुप्रिएको अर्बौँ रुपैयाँलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने बताएको छ । आज नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा भूतपूर्व सैनिक जनकल्याणकारी संस्थाको नवनिर्मित भवनको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले देशका सहकारीले ऋण लगाएर ब्याज मात्रै खाने परिपार्टीको अन्त्य गर्नुपर्ने बताए ।
“हाम्रो देशका विभिन्न सहकारीहरूले अर्बौँ रुपैयाँ पैसा थुपारेका छन्”, मुख्यमन्त्री पोखरेलले भने, “तर हामीले विदेशीसँग सहयोगको याचना गर्नुपर्ने अवस्था आएको छ, अब सहकारी संस्थाहरूले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने समय भएको छ ।” उनले युद्धको प्रत्येक मोर्चामा आफ्नो बहादुरी प्रदर्शन गरेर विश्वमा नै नेपाललाई चिनाउने काम गरेकाप्रति सर्हाना गर्दै मुख्यमन्त्री पोखरेलले भूपू सैनिकलाई धन्यवाद व्यक्त गरे । सैनिकको ज्ञान, सीप र उनीहरूको अनुभवलाई प्रयोग गरेर सरकारले नयाँ नेपाल निर्माणमा जुट्ने मुख्यमन्त्री पोखरेलको भनाइ थियो ।
देशका हरेक आन्दोलन तथा परिवर्तनमा भूतपूर्व सैनिकको महत्वपूर्ण भूमिका रहेको मुख्यमन्त्री पोखरेलले बताए । देशमा सूचना र प्रविधि तथा आधुनिकीकरण भित्र्याउन भूतपूर्व सैनिकको ठूलो देन रहेको पोखरेलको भनाइ छ । कार्यक्रममा भूपू सैनिक संस्थाको भवन निर्माण गर्न चन्दा प्रदान गर्ने ३३९ जना चन्दादातालाई मुख्यमन्त्री पोखरेलसहितका व्यक्तिहरूले सम्मान गरेका थिए ।
कार्यक्रममा भूतपूर्व सैनिक जनकल्याणकारी संस्थाका अध्यक्ष गुरुबहादुर थापाले संस्थाको भवन निर्माण गर्न सहयोग पु-याउने सङ्घसंस्था र व्यक्तिलाई धन्यवाद व्यक्त गरेका थिए । । सो क्रममा गैँडाकोट नगरपालिकाकी उपप्रमुख विष्णुकुमारी कँडेल, वडा नम्बर ४ का वडाध्यक्ष कृष्णप्रसाद न्यौपाने, संस्थाका निवर्तमान अध्यक्ष नरेन्द्रबहादुर खड्का लगायतले शुभकामना व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १७ पुस २०७८, १८ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३४ जना बचतकर्ताको बचत रकम फिर्ता
सुरु भयो सहकारीको बचत फिर्ता
सहकारी बचत फिर्ता ऋण असुलीबाट गरिने
समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता जेठ पहिलो सातादेखि सुरु हुने
महिलालाई आत्मनिर्भर बनाउँदै सहकारी
सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्नेबारे सरोकारवालासँग छलफल गर्दै मन्त्रालय