सुर्खेत । नेपालगञ्जमा आगो बालेर सुतेका एकै परिवारका चारजनाको निसास्सिएर मृत्यु भएको छ । तीनजना घाइते भएका छन् । तीन महिनाको छोरालाई न्यानो पार्न कोठामा बालिएको आगोका कारण निसास्सिएर मृत्यु भएको बाँके प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा भेरी अस्पतालका कार्यालय सहयोगी धर्मराज भट्टराईसहित उनको परिवारका चार जनाको मृत्यु भएको हो । अन्य तीनजनाको गम्भीर घाइते अवस्थामा अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा धर्मप्रसाद भट्टराई, उनका तीन महिनाका छोरा इक्सन, बहिनी कोली भट्टराई र सासु कोकिलाको मृत्यु भएको हो । धर्म परिवारका सुशीला भट्टराई, दिवस र नरेन्द्र भट्टराईको अहिले भेरी अस्पतालमै उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ पुस २०७८, ०९ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
करेन्ट लागेर वृद्धा महिलाको मृत्यु
भिरबाट लडेर एक युवकको मृत्यु
कपिलवस्तुमा सर्पले डस्दा १४ महिने बालिकाको मृत्यु
मोबाइल फोनको चार्जर छुटाउँदा करेन्ट लागेर मृत्यु
अमेरिकामा भएको कार दुर्घटनामा परि दुई नेपालीको मृत्यु
छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु