बिषादी न्युनिकरण अभियानकै रुपमा जनचेतना बढाउदैं नेपाल जनस्वास्थ्य प्रतिष्ठान

प्रकाश सिग्देल

बुधबार, १४ पुस २०७८, १६ : १०
बिषादी न्युनिकरण अभियानकै रुपमा जनचेतना बढाउदैं नेपाल जनस्वास्थ्य प्रतिष्ठान

प्रकाश सिग्देल
चितवन । कृषि क्षेत्रमा भईरहेको उच्च रासायनिक बिषादी प्रयोग घटाउने उदेश्यका साथ सुरु भएको नेपाल जनस्वास्थ्य प्रतिष्ठान कृषि, स्वास्थ्य र वातावरण नेपाल परियोजनाले चितवनमा तेस्रो चरणको परियोजना कार्यक्रम सुरु भएको छ । सन २०१३ मा स्थापना भई चितवन जिल्ला लाई कार्यक्षेत्र बनाई यो परियोजनाले  विषादी नियन्त्रण गरी अर्गानिक उत्पादनमा किसानहरुलाई अभिप्रेरित गरिरहेको छ ।

आफनो कार्यक्षेत्र भित्र पर्ने स्थानिय सरकार, सरोकारवालाहरु कृषक, बिषादी बिक्रेता, विषादी छकर्ने मजदुर, स्वास्थ्य कर्मी, शिक्षण संस्था, कृषि सहकारी, महिला स्वास्थ्य स्वयम सेबिकालाई बिभिन्न गोष्ठी, तालिम र अन्य जनचेतनामुलक बिधिको प्रयोग गरी, समुदायको तल्लो स्तर सम्म बिषादी र यो संग सम्बिन्धित बिषयहरुका बारेमा सचेतना दिईरहेको छ । पहिलो चरण देखी तेस्रो चरण सम्म आईपुग्दा बिषादी न्युनिकरणका सवालमा धेरै सफलता मिलेको नेपाल जनस्वास्थ्य प्रतिष्ठान कृषि, स्वास्थ्य र वातावरण नेपाल परियोजनाका संस्थापक शरद वन्तले बताए ।

यो परियोजना मार्फत स्थानिय तह देखी प्रदेश सरकार सम्म आफुहरुले निति निमार्ण बनाउन सहजता प्रदान गरेको र बिषादी न्युकिनकरणका क्षेत्रमा राज्यले ठोस निति बनाउन आवस्यक रहेको परियोजना संयोजक डा. अभिनब वैद्यले बताए । चितवनका सबै स्थानिय तहहरुमा यो कार्यक्रम लागु भएको छ । जिल्लाका स्थानिय तह र प्रदेश सरकारसंग समन्वय र सहकार्य गरी जनस्तरमा काम गरिरहेको छ । दोस्रो चरणमा परियोजनाकै पहलमा तरकारी बजारमा बिषादी मापन केन्द्रको समेत स्थापना भएको छ । कृषक सचेतनाका क्षेत्रमा धेरै काम भएको छ ।

बिषादी न्युनिकरणमा ठोस सफलता हासिल गर्न मिडियाको पनि अहम भुमिका हुने परियोजनाका अध्यक्ष डा. बद्रिराज पाण्डेले बताए । आममानिसमा सुचना तथा जानकारी प्रवाह गर्न सके त्यसले सार्थकता पाउने उनको भनाई छ ।

बिषादी प्रयोगको न्युनिकरण गरी स्वस्थ्य उत्पादन, स्वस्थ्य बजार र स्वस्थ्य उपभोक्ता निमार्ण गर्ने आफुहरुको मुल लक्ष्य भएको परियोजना चितवन प्रबन्धक नेशन राईले बताईन् । आफुहरुले स्थानिय तहका जनप्रतिनिधि र कृषि अधिकारीहरुलाई सहभागि गराएर जिल्ला समन्वय समिति प्रमुख कृष्णकुमार डल्लाकोटीको प्रमुख आतिथ्यतामा अभिमुखिकरण तथा योजना तर्जुमा कार्यक्रम गरेको उनले बताए । 

प्रतिक्रिया दिनुहोस