चन्द्रागिरिमा पर्यो हिउँ

सफल खबर संवाददाता

बुधबार, १४ पुस २०७८, ०८ : २५
चन्द्रागिरिमा पर्यो हिउँ

काठमाडौं । काठमाडौंको चन्द्रागिरि, फुलचोकीलगायतका उच्च स्थानमा हिमपात भइरहेको छ। हाल देशभर सामान्यदेखि पूर्ण बदली रहि अधिकांश स्थानमा हल्का वर्षा भइरहेको छ।

उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकोले अहिले देशभर सामान्य देखि पूर्ण बदली रही अधिकांश स्थानहरूमा वर्षा भइरहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्।

प्रतिक्रिया दिनुहोस