विमला बोगटीलाई न्याय माग्दै मोहन वैद्यको विद्यार्थी संगठन

सफल खबर संवाददाता

सोमबार, १२ पुस २०७८, १६ : २८
विमला बोगटीलाई न्याय माग्दै मोहन वैद्यको विद्यार्थी संगठन

काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) को विद्यार्थी संगठन अखिल क्रान्तिकारीले विमला बोगटीको न्यायको माग गरेको छ । सोमबार काठमाडौंमा आयोजित विद्यालय व्यवस्थापन, प्रशासनको विद्यार्थी हिंसा, उत्पीडनविरुद्ध कार्यक्रम गर्दै विमला बोगटीको न्यायको माग गरेको हो ।

पुस ५ गते आखलढुंगा जिल्लाको चम्पादेवीमा गाउँपालिकास्थित बालज्योती मध्यामिक विद्यालयको कक्षा ८ मा अध्ययनरत १४ वर्षीया छात्रा बोगटीले आफूलाई विद्यालय प्रवेश गर्न नदिएपछि विष सेवन गरी आत्महत्या गरेका थिए।

कार्यक्रममा अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले गाउँवस्तीका विद्यार्थीहरूले पनि निर्वाध रूपमा पढ्न पाउनुपर्ने बताए । उनले विद्यार्थीले पढ्न पाउने अधिकारमा नेपाल सरकार समेत गम्भीर नबनेको उनको आरोप छ ।अध्यक्ष गजुरेलले शिक्षा र स्वास्थ्य राज्यबाट निःशुल्क र सर्वसुलभ हुनुपर्ने मागसमेत गरे।


 

प्रतिक्रिया दिनुहोस