रानीपोखरी सर्वसाधरणका लागि खुल्ला गरिँदै

सफल खबर संवाददाता

सोमबार, १२ पुस २०७८, १६ : १४
रानीपोखरी सर्वसाधरणका लागि खुल्ला गरिँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले रानीपोखरी सर्वसाधरणका लागि खुल्ला गर्ने तयारी गरेको छ । केही साना संरचनाको निर्माण्को काम सम्पन्न भएपछि छिट्टै खुल्ला गर्ने बताइएको छ ।

रानीपोखरी आसपासको क्षेत्रमा भइरहेको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । रानीपोखरी प्रवेशद्वार, टिकट काउन्टर तथा शौचालयको निर्माण कार्य भइरहेको छ ।

रानीपोखरी प्रवेशका लागि जमल क्षेत्रमा प्रवेशद्वार सँगै फल्चाको पनि निर्माण कार्य भइरहेको छ । यस्तै, शान्तिवाटिका क्षेत्रमा गोलघर सहितका फल्चाहरुको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस