योगी नरहरिनाथ संस्कृत गुरुकुलका बटुकहरुलाई न्यानो कपडा हस्तान्तरण

'आश्रमलाई देशकै प्रमुख आध्यात्मिक केन्द्रका रुपमा बिकास गर्ने तयारी'

प्रकाश सिग्देल

सोमबार, १२ पुस २०७८, ११ : ३४
योगी नरहरिनाथ संस्कृत गुरुकुलका बटुकहरुलाई न्यानो कपडा हस्तान्तरण

प्रकाश सिग्देल
नवलपरासी । गैडाकोट नगरपालिका १० कोटिहोम आश्रममा सञ्चालित योगी नरहरिनाथ संस्कृत गुरुकुलममा अध्ययनरत समावेशी बटुकहरू र आश्रमवासीलाई स्वच्छन्द निर्माण कम्पनीका निर्देशक नारायण प्रसाद भुषालले न्यानो कपडा प्रदान गरेका छन् । 

११ जना बटुक र प्रमुख सहित आश्रममा रहेका अन्य साधुसन्तहरुलाई न्यानो कपडा बितरण गरेका हुन् । यहाँ आश्रम सन्चालक समितिले १ वर्ष देखी सन्चालनमा ल्याएको छ । बिभिन्न सम्प्रदायका बटुकहरुलाई संस्कृत सहित अंग्रेजी भाषामा यहाँ पठनपाठन गराईदै आएको छ ।

आदिनाथ प्रवर्तित नाथयोग सम्प्रदायका मुकुटमणी महायोगी गुरुगोरखनाथ परम्पराका योगी शिरोमणि साहित्यकार हिमवतखण्डका प्रथम अन्वेषक वाग्देवतार ब्रह्मलिन योगी राष्ट्रगुरु नरहरिनाथले यो स्थानमा ३४ औ कोटिहोम लगाएका थिए ।

पर्वत जन्मेर हाल काठमाण्डौ बस्ने भुषालले केही भएपनि सहजता होस भनेर सानो सहयोग प्र्रदान गरेको र आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता जनाए । त्यसैगरि श्रृषा सापकोटा, सजिना सापकोटा र कमला कंडेलले चार बोरा चामल तथा रणबहादुर गुरुङले १ बोरा चिउरा उपलब्ध गराएको आश्रमका महन्त योगी खेचरनाथले बताए । 

कार्यक्रममा बोल्दै मन्दिरका अध्यक्ष मनहरी कंडेलले यो मन्दिरको बिकासका लागी बृहत गुरुयोजना बनाएर समिति अगाढी बढेको र यसलाई नेपालकै प्रमुख धार्मिक तथा अध्यात्मिक केन्द्रका रुपमा बिकास गर्ने गरी काम भईरहेको बताए । कार्यक्रममा वडा नम्वर १० का वडाअध्यक्ष देबिदत्त कंडेलले यसलाई आफुहरुले धेरै पहिले देखि संरक्षण गरेर राखेको र यो भुमिलाई स्वर्गद्धारी जस्तै धार्मिक केन्द्रका रुपमा बिकास गर्न सकिने बताए ।

यहा २१ वटा ब्यवस्थित ध्यान कुटी, गुरु गोरखनाथको मन्दिर, बृद्धाश्रम, धर्मशाला गुरुकुल लगाएतका भौतिक संरचना निमार्ण गर्ने गरि गुरुयोजना निमार्ण भएको महन्त खेचर नाथले बताए । 

प्रतिक्रिया दिनुहोस