ए डिभिजन लिग : संकटा तेस्रो स्थानमा, बीबीसीको तेस्रो हार

सफल खबर संवाददाता

आइतबार, ११ पुस २०७८, १५ : २९
ए डिभिजन लिग : संकटा तेस्रो स्थानमा, बीबीसीको तेस्रो हार

काठमाडौं । ब्रिगेड ब्वाइज क्लब (बीबीसी) विरद्ध ३-० को सहज जितसहित संकटा क्लब सहिद स्मारक ए डिभिजन लिगको तेस्रो स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न पहिलो खेलमा संकटाको सहज जितमा उत्तम राईले दुई गोल गर्दा लक्ष्मण रुचालले एक गोल गरे ।

१२औँ मिनेटमा उत्तम राईको गोलमा संकटाले अग्रता लियो । २८औँ मिनेटमा उत्तमले संकटाको अग्रता दोब्बर पारे । त्यसको १० मिनेटपछि लक्ष्मण रुचालले बललाई पोस्टको दिशा दिँदै संकटाको अग्रता ३-० मा पुर्याएका थिए ।

जितसँगै ६ खेलमा १२ अंक जोडेको संकटा तेस्रो स्थानमा उक्लिएको छ । बिबीसी भने समान खेलमा पाँच अंकसहित १०औँ स्थानमा छ । आजै हुने दोस्रो खेलमा थ्री स्टार र त्रिभुवन आर्मी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । 

प्रतिक्रिया दिनुहोस