काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशन आइतबार दिउँसो ३ बजे कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु हुँदैछ ।माओवादी केन्द्रले प्रथम राष्ट्रिय सम्मेलनलाई आठौं महाधिवेशनमा रूपान्तरण गरेको हो ।
महाधिवेशनलाई शुभकामना दिन माओवादी केन्द्रले विभिन्न दलका अध्यक्षलाई निम्ता दिएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फोन नै गरेर एमाले अध्यक्ष केपी ओलीलाई महाधिवेशनमा निम्तो दिएका थिए । तर, पहिले नै निर्धारित पार्टीको कार्यक्रमले झापामा रहेकाले ओलीले आफू आउन नसक्ने महासचिव शंकर पोखरेललाई पठाउने जानकारी दिएका थिए ।
माओवादी केन्द्रको महाधिवेशनमा एमालेबाट महासचिव पोखरेल अतिथिका रूपमा जाने भएका छन् । एमालेको दशौं महाधिवेशनमा माओवादी केन्द्रबाट लीलामणि पोखरेल गएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ पुस २०७८, १२ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
माओवादी केन्द्रसँग एकताको विपक्षमा खुले झलनाथसहित १४ जना नेता, अरु को-को छन् ?
माओवादी केन्द्रका सचिव गणेश साहले गरे पार्टी त्यागेको घोषणा
माओवादीभित्र जेनजी रेड टास्क फोर्स गठन, ‘प्रचण्ड’लाई थप एक कार्यकाल अध्यक्ष बनाउने
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै