प्रदेश २ को मतपरिणाम सार्वजनिक, देउवानिकट टिम विजयी

सफल खबर संवाददाता

शनिबार, १० पुस २०७८, १३ : ०६
प्रदेश २ को मतपरिणाम सार्वजनिक, देउवानिकट टिम विजयी

काठमाडौं । नेपाली कांग्रेस प्रदेश नं २ को आज बिहान सम्पन्न मतपरिणामअनुसार उपसभापतिमा वीरेन्द्रप्रसाद सिंह र चन्द्रशेखर यादव विजयी भएका छन्। उनिहरुले एक हजार १९ र आठ सय ९५ मत ल्याएर विजयी भएका हुन  । निकटतम प्रतिस्पर्धी विनोदकुमार खनालले ७ सय ४० र धनलाल ठोकरले ६ सय ३६ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।

महामन्त्रीमा उपेन्द्रकुमार यादव ९ सय ५९ र बृहस्पतिकृष्ण श्रेष्ठ ७ सय ८८ मत प्राप्त गरी निर्वाचित भएका छन् भने उनीहरुका निकटम प्रतिद्वन्द्वी नरेश यादवले ७ साय ७५ र हरेशप्रसाद महतोले ७ सय ३ मत प्राप्त गरेका छन्।

सहमहामन्त्रीमा जयनारायण यादव ८ सय ७९ र परशुराम चौधरीले ८ सय २२ मत ल्याएर निर्वाचित भएका छन् भने, उनीहरुको निकटम प्रतिस्पर्धी विनोद कुमार यादव ६ सय ९१ र नारायण चौधरीले ६ सय १ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।

सहमहामन्त्री महिला तर्फ बिन्दु कुमारी यादव ८ सय ८९ मत ल्याएर विजयी भएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी भिमादेवी शर्माले ५ सय ३२ मत प्राप्त गरेकी छन्। यसअघि हिजो नै नेपाली कांग्रेस प्रदेश २ को सभापतिमा कृष्ण यादव निर्वाचित भइसकेका छन्। यादव ९ सय ९६ मत प्राप्त गरी प्रदेश सभापतिमा निर्वाचित भएका हुन भने निकटम प्रतिस्पर्धी रामसरोज यादवले ८ सय ५५ मत प्राप्त गरेका थिए।

प्रदेश समितिका सदस्य पदको मतगणना भईरहेको निर्वाचित समितिका संयोजक प्रह्लाद गौतमले जानकारी दिए। जम्मा ६७ पदका लागि गत बिहीबार बिहान १० बजेदेखि राति ८ बजेसम्म भएको मतदानमा कुल १ हजार ९ सय ५१ मतदाता मध्ये १ हजार ८ सय ८१ ले मतदान गरेका थिए।

प्रतिक्रिया दिनुहोस