काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्दैछ। पार्टी अध्यक्ष प्रचण्डले तयार गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न स्थायी समितिको बैठक बोलाइएको हो।
माओवादी केन्द्रको पहिलो राष्ट्रिय सम्मेलनमा पुस ११ गतेदेखि काठमाडौँमा सुरु हुँदैछ । सोही राष्ट्रिय सम्मेलनमा पेस गरिने राजनीतिक दस्तावेज, राष्ट्रिय सम्मेलनका अन्य विषयबारे बैठकमा छलफल हुने पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका छन्।
उनका अनुसार बैठकमा प्रचण्डले तयार गरेको राजनीतिक प्रतिवेदनमाथि स्थायी कमिटीका सदस्यहरुले सुझाव दिनेछन्। उक्त सुझावलाई समेटेर अध्यक्षले प्रतिवेदनलाई पूर्णता दिने बुझिएको छ।
माओवादी केन्द्रले यसपटक राष्ट्रिय सम्मेलनमा विचारको बहस गर्ने तयारी गरेको छ। यसको लागि राष्ट्रिय सम्मेलनका प्रतिनिधिहरुलाई २५ वटा समूह बनाउने गरी गृहकार्य गरिरहेको छ।
प्रथम राष्ट्रिय सम्मेलनमा प्रस्ताव हुने राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र विधान प्रतिवेदनका बारेमा छलफल गर्नका लागि २५ वटा समूह बनाएर दुई दिनसम्म छलफल चलाउने गरी गृहकार्य गरिरहेको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ पुस २०७८, ०७ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादीको प्रष्टीकरण-‘विद्यालाई नारायणकाजीले भेटेकोबारे पार्टीलाई जानकारी छैन’
कलाकार बाबा पाख्रिनसहित सयौँ जना माओवादीमा प्रवेश
माओवादीद्वारा विपद् व्यवस्थापनमा जुट्न चार बुँदे निर्देशन
‘निजामती विधेयक छेडखानीको नैतिक जिम्मा सभामुखले लिनुपर्छ’: माओवादी केन्द्र
सभापतिदेखि सबैमाथि छानबिन गरियोस् : हितराज पाण्डे
पार्टीका आन्दोलनमा विचलन आयो, पदका निम्ति तँछाडमछाड छ : प्रचण्ड