दुई महिनापछि सुटिङ सेटमा शाहरुख, विदेशमा सुटिङ गर्न राखे यस्तो सर्त..

एजेन्सी

विहीबार, ०८ पुस २०७८, ०९ : ३६
दुई महिनापछि सुटिङ सेटमा शाहरुख, विदेशमा सुटिङ गर्न राखे यस्तो सर्त..

एजेन्सी । बलिउड अभिनेता शाहरुख खान दुई महिनापछि सुटिङ सेटमा फर्किएका छन् । छोरा आर्यन खान लागूऔषध मुद्दामा मुछिएपछि उनी सुटिङको क्यामराबाट टाढिएका थिए । उनले बुधबार मुम्बईमा फिल्म ‘पठान’को छायांकन सुरु गरेका छन् ।

सुटिङमा फर्किएको शाहरुखको तस्बिरमा उनले कालो रंगको टी(सर्ट र लामो कपालका साथ देख्न सकिन्छ । आर्यन लागूऔषध मुद्दापछि सुटिङ सेटमा सुरक्षालाई बढाइएको छ । उनी मुम्बईमा आगामी २० दिनसम्म सुटिङ गर्नेछन् ।

शाहरुखले निर्देशकलाई विदेशमा सुटिङ गर्नका लागि सर्त राखेका छन् । उनले सुटिङको हरेक साता मुम्बई फर्कन पाउने गरी समय तालिका मिलाउन निर्देशकलाई भनेका छन् । उनको बुझाईमा यो समयावधिमा अन्य कलाकारले आफ्नो काम गर्न पाउनेछन् ।

यो फिल्मको सुटिङ यसअघि स्पेनमा हुने तयारी थियो । तर अक्टोबरमा आर्यन लागूऔषध मामलामा मुछिएपछि फिल्मको सुटिङलाई सारिएको थियो । फिल्ममा शाहरुखसँगै दीपिका पादुकोण र जोन अब्राहम प्रमुख भूमिकामा छन् ।

प्रतिक्रिया दिनुहोस