सरकारी कार्यालयमा प्रशासनको छड्के अनुगमन, कोलेनिकामा हाकिम सहित कर्मचारीनै फेला नपरेपछि हाजिर रजिष्टर जफत

प्रकाश सिग्देल

बुधबार, ०७ पुस २०७८, १२ : ४५
सरकारी कार्यालयमा प्रशासनको छड्के अनुगमन, कोलेनिकामा हाकिम सहित कर्मचारीनै फेला नपरेपछि हाजिर रजिष्टर जफत

चितवन । जिल्लामा सरकारी कार्यालयका कर्मचारीहरु समयमै कार्यालयमा नआउने गरेको भेटिएको छ । समयमा कर्मचारी कार्यालयमा उपस्थित भए नभएको सेवा प्रवाहमा पारदर्शिता र ईमान्दारीता रहे नरहेको निरिक्षणका लागि प्रशासन कार्यालयले गरेको छड्के अनुगमनका क्रममा कर्मचारी समयमा कार्यालय नआउने गरेको भेटिएको हो ।

अनुगमनका क्रममा कोष तथा लेखा नियन्त्रक कार्यालयमा कार्यालय प्रमुख मणिभद्र न्यौपाने सहित अन्य कर्मचारी समयमा उपस्थित नभएको पाईएपछि हाजिर रजिष्टरनै नियन्त्रणमा लिएको सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी शर्माले बताए ।  

बिहाना १०.१५ बजे देखी ११ बजे सम्म ५ वटा सरकारी कार्यालयमा गरिएको अनुगमनका क्रममा १९ जना कर्मचारी समयमा कार्यालयमा नआएको भटिएको शर्माको भनाइ छ ।   

जनप्रतिनिधिले नेतृत्व गर्ने गरेको कार्यालय जिल्ला समन्वय समितिमा पनि कर्मचारीहरु समयमै नआउने गरेको भेटिएको हो । प्रशासनले मालपोत कार्यालय,नारायणी नदी व्यवस्थापन आयोजना, यातायात व्यवस्था सेवा कार्यालय लगाएतका कार्यालयमा अनुगमन गरेको थियो । सबै कार्यालयमा आधा जति कर्मचारीहरु अनुपस्थित भएका थिए।

यातायातमा भने सबै कर्मचारी कार्यालयमै भेटिएको तर हाजिर नगरेको पाईएको हो । कार्यालयमा अनुपस्थित कर्मचारीलाई प्रशासनमा बोलाएर स्पष्टिकरण सोध्ने शर्माले बताए ।त्यस्तै यातायातको बाहिर बसेका बिचौलिया लाई त्यहाँबाट हटाउन पनि निर्देशन गरिएको र केहि दिन भित्र नहटे नियन्त्रणमा लिईने शर्माले बताए ।

कुन कार्यालयमा कोको थिए अनुपस्थित

 . कोष तथा लेखा नियन्त्रक कार्यालय

यो कार्यालयमा २ जनामात्रै कर्मचारी फेला परेका थिए । कार्यालय प्रमुख मणिभद्र न्यौपाने सहित अन्य कर्मचारी फेला नपरेपछि हाजिर रजिष्ट्रर जफत गरिएको छ ।

२ . जिल्ला समन्वय समिति चितवन

कृष्ण काफ्ले लेखापाल, अनुपस्थित

नासु खिमा आचार्य, अनुपस्थित

नासु, बिमल कुमार थापा, अनुपस्थित

राजु त्रिपाठी, अनुपस्थित

अर्जुन बहादुर थापा, अनुपस्थित

. मालपोत कार्यालय भरतपुर

रामनाथ अधिकारी, नासु अनुपस्थित

विष्णु प्रसाद भुषाल, अप्रेटर अनुपस्थित

मनोज सुयाल, डाईभर अनुपस्थित

४. नारायणी नदी व्यवस्थापन आयोजना

रबिन्द्र बहादुर थापा , कार्यालय प्रमुख ः अफिसको कामले विभागमा

दिनेश पौडेल , अनुपस्थित

उपेन्द्र उप्रेती, ईन्जिनियर , अनुपस्थित

५ . यातायात व्यवस्था कार्यालय भरतपुर

यातायात व्यवस्था कार्यालय भरतपुरमा  कार्यालयमा उपस्थित भएर हाजिर नगरेको मा अधिकृत छैटौ ज्ञान बहादुर बोगटी सहित ६ जना कर्मचारीको हाजिर रजिष्ट्ररमा रातो लगाईएको छ ।

 

प्रतिक्रिया दिनुहोस