युभेन्ट्स पाँचौ स्थानमा उक्लियो

एजेन्सी

बुधबार, ०७ पुस २०७८, ०८ : २५
युभेन्ट्स पाँचौ स्थानमा उक्लियो

काठमाडौं । फेडेरिको बर्नार्डेचीले ६० खेलपछि गोल गर्दा युभेन्ट्सले इटालीयन सिरी ए मा रेलिगेशन जोनको कागलीयरीलाई पराजित गर्दै पाँचौ स्थानमा उक्लिएको छ ।

सिजनको सुरुआतमा खराब प्रदर्शन गरेको युभेन्ट्सले पाँचौ स्थानमा उक्लन मंगलबार कागलीयरीलाई २-० अन्तरले पराजित गरेको हो । खेलको ४० मिनेटमा मोइस केयनले गोल गर्दै एलिएन्ज मैदानमा युभेन्ट्सलाई अग्रता दिलाए । खेल सकिँन ७ मिनेट अघि फेडेरिकोले गोल गर्दै घरेलु टोलीलाई सहज जित दिलाए ।

फेडेरिकोले ५१३ दिन अघि गोल गरेका थिए । त्यस यता उनी गोलविहीन रहँदै आएका थिए ।जितसँगै युभेन्ट्स १९ खेलबाट ३४ अंक जोड्दै पाँचौस्थानमा उक्लियो । पराजित कागरियरी भने समान खेलबाट १० अंक सहित रेलिगेशन जोनको १९औँ स्थानमा छ । गय राति नै भएको खेलमा जिनोआ र एटलान्टाले गोलरहीत बराबरी खेले ।

प्रतिक्रिया दिनुहोस