काठमाडौं । माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन नजिकिँदै गर्दा नेतृत्वप्रति असहमति प्रकट हुने क्रम बढेको छ। पार्टीको मूल नेतृत्व परिवर्तन नहुने भए पनि तल्लो तहका कमिटीहरूमा सर्वसम्मत गर्ने प्रयासमा असहमति प्रकट हुन थालेको हो।
जनवर्गीय संगठनको सम्मेलन हुने, पदाधिकारी खाली रहने, प्रदेशमा पनि आकांक्षी धेरै हुने तर पदाधिकारी चयन नहुने र उनीहरूले निर्वाचनको माग गर्ने अवस्था आएपछि नेता–कार्यकर्ताले लोकतान्त्रिक विधि अपनाउनुपर्ने भन्दै केन्द्रको निर्देशनलाई अवज्ञा गर्न थालेका छन्। सर्वसम्मतिको नाममा माओवादी केन्द्रले लोकतान्त्रिक विधिलाई रोकेपछि प्रदेश कमिटीहरू आफैं निर्वाचनमा जान थालेका छन्।
माओवादी केन्द्रले प्रदेशको नेतृत्व चयन गरिरहेका बेला प्रदेश तहका नेता–कार्यकर्ताले आन्तरिक प्रतिस्पर्धालाई महत्व दिन थालेका छन्। वाग्मती प्रदेशले लोकतान्त्रिक विधिबाटै पदाधिकारी चयन गरेको छ। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ०७ पुस २०७८, ०७ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन
प्रतिनिधिसभा चुनाव : रेनु दाहाल चितवन-३ बाट सर्वसम्मत सिफारिस