काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिमा सभापति शेरबहादुर देउवालाई दुई तिहाइ बढी केन्द्रीय सदस्यको समर्थन हुने देखिएको छ। कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत मंसिर २७ गते भएको निर्वाचनको पछिल्लो परिणामले देउवा समूहबाट उम्मेदवार बनेका नेताहरूको केन्द्रीय समितिमा दुई तिहाइभन्दा बढी उपस्थिति देखिएको हो।
मंगलबार साँझसम्मको मतगणनाअनुसार देउवाइतर समूहको कमजोर उपस्थितिले देउवालाई पार्टीभित्र थप शक्तिशाली बनाउने देखाएको छ। पार्टी पदाधिकारीमा मिश्रित परिणाम आए पनि केन्द्रीय सदस्यमा भने देउवानिकट नेताको पक्षमा परिणाम देखिएको छ। नौ स्थानका लागि भएको महिला खुलातर्फ देउवाइतर समूहबाट सरिता प्रसाईं मात्र निर्वाचित भएकी छन् भने अन्य आठजना देउवा समूहबाट निर्वाचित भएका छन्।
चार पदका लागि भएको मधेसी महिलामा सबै देउवानिकट निर्वाचित भएका छन्। इतर समूहबाट प्रतिस्पर्धामा उत्रिएकी निवर्तमान केन्द्रीय सदस्य किरण यादव पराजित भएकी छन्। उनलाई पछि पार्दै मधेसी महिला समूहबाट मञ्जुकुमारी यादव, नागिना यादव, मुक्ताकुमारी यादव र मीनाक्षी झा निर्वाचित भएका छन्। मुक्ताकुमारीले अहिलेसम्मको सर्वाधिक मत पाएकी छन्।
त्यस्तै मधेसी समूहका पुरुप पाँचमा देउवाइतर समूहबाट उम्मेदवार बनेका चन्द्रमोहन यादव मात्र निर्वाचित भएका छन्। पूर्वराष्ट्रपति रामवरण यादवका छोरा यादवबाहेक अजय चौरासिया,दिनेशकुमार यादव,महेन्द्रकुमार यादव र विनोदकुमार चौधरी निर्वाचित भएका छन्। व्यवसायी चौधरी पछिल्लो समय कांग्रेसमार्फत राजनीतिमा सक्रिय छन् । नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ०७ पुस २०७८, ०७ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस सधैँ नवप्रवर्तन र रूपान्तरणको पक्षमा छ: देउवा
सूचना प्रविधिले जनतालाई छिटो छरितो र पारदर्शी सेवा दिन मद्दत पुर्याइरहेको छ : देउवा
देउवाले भने-‘लैंगीक समानताले समाज सम्मानित, सुरक्षित र समावेशी बन्छ’
संविधानकै कारणले एकल बहुमत आउँदैन, अर्को दलसँग मिल्नुपर्ने बाध्यता छ’ : देउवा
कुलिङ पिरियडबारे गठित छानबिन विशेष समितिले ओली, ‘प्रचण्ड’ र देउवासँग छलफल गर्दै
देउवाले बोलाए पदाधिकारी बैठक