‘कबड्डी ४’ बैशाख २३ गते रिलिज हुँदै : टीजर ट्रेलर रिलिज

सफल खबर संवाददाता

सोमबार, ०५ पुस २०७८, १५ : ०२
‘कबड्डी ४’ बैशाख २३ गते रिलिज हुँदै : टीजर ट्रेलर रिलिज

काठमाडौं । रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी ४ :द फाइनल म्याच’ बैशाख २३ गते रिलिज हुने भएको छ । नयाँ प्रदर्शन मिति घोषणा गर्दै फिल्मको अफिसियल टीजर ट्रेलर सोमबार इन्टरनेट रिलिज भएको छ ।

कबड्डीको तेस्रो सिरिजको टीजरमा नायिकाको रुपमा मिरुना मगर र गौमाया गुरुङको प्रवेश भएको छ । दयाहाङको जोडीको रुपमा मिरुनालाई प्रस्तुत गरिएको छ ।

मैंयाबाट धोका पाएको काजीको भेट यो फिल्ममा मिरुनासँग हुन्छ । उनीहरुको प्रेम अघि अघि बढ्छ या बढ्दैन? के बमकाजी उनीहरुको प्रेममा भिलेन बन्ला ? यी प्रश्न वरपर कबड्डीको तेस्रो सिक्वेल घुम्नेछ ।

बुद्धि तामाङ, विजय बराल, पुष्कर गुरुङ, कविता आले, माओत्से गुरुङ, शारदा अधिकारी, प्रकाश घिमिरे र कमलमणी नेपाल पनि फिल्ममा देख्न सकिन्छ ।

हेर्नूस टीजर:

 

प्रतिक्रिया दिनुहोस