गाडी रिर्जव गरेर नागरिकता बनाउन प्रशासनमा कार्यकर्ता उतार्दै नेता, मंसिरमा मात्रै २ हजार १६३ जनाले लिए नागरिकता

प्रकाश सिग्देल

सोमबार, ०५ पुस २०७८, १४ : २४
गाडी रिर्जव गरेर नागरिकता बनाउन प्रशासनमा कार्यकर्ता उतार्दै नेता, मंसिरमा मात्रै २ हजार १६३ जनाले लिए नागरिकता

चितवन । चुनाव नजिकिन थालेपछि यतिबेला चितवनका गाउँगाउँबाट कार्यकर्ता बोकेर नेताहरु नागरिकता बनाउनका लागी जिल्ला प्रशासन कार्यालयमा आउन थालेका छन् । स्थानीय तहका जननिर्वाचित प्रतिनिधिहरूको कार्यकाल आगामि वैशाखमा सकिँदैछ त्यसैले होला स्थानीय नेतालाई भने मतदाता बढाउन हानथाप छ ।

उमेर पुगेर पनि नागरिकता बनाउँन नसकेका नबनाई बसेका विपन्न समुदायका मानिसहरुलाई आवस्यक कागजात सहित गाडिनै रिर्जव गरेर नागरिकता बनाउनका लागी नेताहरुले कार्यालयमा ल्याउने गरेको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जिवी शर्माको भनाई छ ।

असोज महिना देखी यता नागरिकता बनाउन आउने क्रम दैनिक बढेको उनले बताए । प्रशासनको रेर्कडले पनि नागरिक्ता लिनेको संख्या ह्वात्तै बढेको देखाउँछ । भदौ महिनामा जम्मा ९ सय ८८ जनाले नागरिकता लिएकोमा मंसिरमा आईपुग्दा बढेर २१ सय ६३ पुगेको देखिन्छ । असोजमा १३ सय ८७ ले नागरिकता लिएका छन् भने कार्तिक महिनामा १५९६ जनाले नागरिकता लिएका हुन् ।चुनाव नजिकिन थालेका बेला गाउँका नेताहरुले कार्यक्रतालाई सहजता प्रदान गर्ने गरि काम गर्नु अस्वभाबिक मान्न नहुने शर्मा बताउँछन् ।

स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा सम्बन्धित वडादेखि नगरपालिकामा उम्मेदवारी दिने तरखर गर्दै आएकाहरूले आफ्नो पक्षमा मतदाता बढाउन उमेर पुगेकालाई खोजी–खोजी जिल्ला प्रशासन कार्यालय ल्याउन थालेका हुन् ।

चितवनको ईच्छाकामना गाउपालिका देबिटारबाट नागरिक्ता बनाउन टोली सहित आएका  कुमार प्रजाले चुनाव आउन लागेकाले गाउँको पार्टि संगठन अध्यक्षले ६ जनाको टिम बनाएर अटो रिर्जब गरेर आफुहरुलाई नागरिकता बनाउन ल्याएको बताए । नागरिकता बनेपछि मतदाता कार्डका लागि फोटो खिचेर फकर्ने उनि बताउछन् ।

चितवनको एकमात्र गाउँपालिका इच्छाकामना, कालिका र राप्ती नगरपालिकाका पहाडी गाउँ र भरतपुर महानगरपालिका, माडी, रत्ननगर र खैरहनी नगरपालिकाका बिकट र सुकुमवासी वस्तीबाट नागरिकता बनाउन आउनेको जिल्ला प्रशासनमा घुइँचो लाग्न थालेको छ ।

‘नागरिकता बनाउन आउनेको चाप अत्याधिक भएपछि शर्मा आफै खटिएर सेवा लाई सहज बनाउन जुटेका छन् ।उनिहरू नागरिकता तयार भएपछि जिल्ला प्रशासनसँगै जोडिएको निर्वाचन कार्यालयमा पुगेर मतदाता परिचयपत्र बनाउन फोटो खिचाएर घर फर्कने गरेका छन्। निर्वाचन कार्यालयमा पनि फोटो खिचाउनेको निकै ठुलो भिड रहेको छ ।


 

प्रतिक्रिया दिनुहोस