कांग्रेस खुला केन्द्रीय सदस्यको सकियो मतगणना, २५ जना देउवा पक्षका विजयी

सफल खबर संवाददाता

आइतबार, ०४ पुस २०७८, १९ : ४४
कांग्रेस खुला केन्द्रीय सदस्यको सकियो मतगणना, २५ जना देउवा पक्षका विजयी

काठमाडौँ । नेपाली कांग्रेसको खुल्ला तर्फ केन्द्रीय सदस्यको मत गणना सम्पन्न भएको छ। निर्वाचन समितिले केहीबेरमा मतपरिणाम सार्वजनिक गर्ने तयारी गरेको छ। ३५ जना केन्द्रीय सदस्य निर्वाचित हुने खुल्ला सदस्यको शनिबारबाटै मतगणना सुरु भएको हो। यसअघि पदाधिकारीको मतगणना गरिएको थियो। 

सदस्यमा भने २ नम्बर प्रदेशबाट तीन र पिछडिएको क्षेत्रबाट १ गरी चार जनाको मात्रै मत परिणाम आएको छ। खुल्ला केन्द्रीय सदस्यमा सबैभन्दा बढी डा शशांक कोइरालाले मत पाएका छन्। यस्तै एनपी साउद, बालकृष्ण खाँण, उदयशमशेर राणा, रामहरि खतिवडा, रमेश लेखक, ज्ञानेन्द्र बहादुर कार्की, शंकर भण्डारी लगायतले बढी मत पाएका छन्। शशांक बाहेक देउवा पक्षका २५ जना र कोइराला पक्षका ९ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्।

प्रतिक्रिया दिनुहोस