वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले विभिन्न सामुदायिक विद्यालयमा एकैपटक १२५ शिक्षकको सरुवा र पदस्थापन गरेको छ ।
महानगरपालिका , शैक्षिक प्रशासन महाशाखाअनुसार महानगरपालिकाभित्र सञ्चालित विद्यालयमा कार्यरत शिक्षक र प्रधानाध्यापकको सरुवा तथा पदस्थापन गरिएको हो ।
महानगरपालिकाअन्तर्गत कूल ३२ वडामा प्रावि, निमावि र मावि गरी ९९ सामुदायिक विद्यालयमा करिब ८०० शिक्षक कार्यरत छन् । विद्यालयका अभिभावक, विद्यार्थी र अगुवाको निवेदन र गुनासोमाथि मध्यनजर गर्दै विद्यालयलाई राम्रो पठनपाठनको थलो बनाउन यस्तो कदम चालिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ०४ पुस २०७८, १२ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल प्रहरीका ८ जना डीआईजीको सरुवा
सीडीओसहित गृहका ८ कर्मचारी सरुवा
२९३ जना प्रहरी वरिष्ठ नायव निरीक्षकको सरुवा
१५ उपसचिवको सरुवा (सूचीसहित)
१७ डिएसपीको सरुवा (सूचीसहित)
चारजना सचिवको सरुवा, रक्षामा पुगे केदारनाथ शर्मा