मतगणना अपडेट : झन्डै १ हजार मतगणना हुँदा खुला केन्द्रीय सदस्यको टप १५ भित्र कोको परे ?

सफल खबर संवाददाता

शनिबार, ०३ पुस २०७८, १९ : ११
मतगणना अपडेट : झन्डै १ हजार मतगणना हुँदा खुला केन्द्रीय सदस्यको टप १५ भित्र कोको परे ?

काठमाडौं । नेपाली कांग्रेसको खुलातर्फको केन्द्रीय सदस्य पदको मतगणना शनिबार भइरहेको छ । पार्टी कार्यालय सानेपामा बिहानदेखि शुरु भएको मतगणनामा निर्वाचन समितिले हालसम्म मतपरिणाम सार्वजनिक गरेको छैन ।

निर्वाचन समिति स्रोतका अनुसार ९८८ मतगणना हुँदा डा। शशांक कोइराला पहिलो स्थानमा छन् । उनीपछि एनपी साउद, शंकर भण्डारी, बलकृष्ण खाँणलगायत छन् ।४६५० भन्दा बढी मत खसेका कारण अहिलेको मत परिणाम नै अन्तिमसम्म कायम रहने वा नरहने बारे भन्न नसकिने निर्वाचन समितिका सदस्यहरु बताउँछन् ।

खुलातर्फको केन्द्रीय सदस्यमा ३५ पदका लागि ९९ जनाले उम्मेदवारी दिएका थिए । 


हेर्नुहोस् ९८८ मत गणना हुँदा १५ जनाभित्र परेका नेताहरुको मत

१ डा शशांक कोइराला ८१४
२ एनपी साउद ६३१
३ शंकर भण्डारी ५९८
४ बालकृष्ण खाँण ५९६
५ ज्ञानेन्द्रबहादुर कार्की ५९५
६ रामहरि खतिवडा ५८९
७ अर्जुन नरसिंह केसी ५८६
८ उदयशम्शेर राणा ५८२
९ गोपालमान श्रेष्ठ ५४३
१० बलबहादुर केसी ५३६
११ गोविन्द भट्टराई ५३४
१२ रामशरण महत ५२९
१३ जिपछिरिङ लामा ५२८
१४ जितजंग बस्नेत ५१९
१५ नैनसिंह महर ५१५

प्रतिक्रिया दिनुहोस