काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सूचना प्रविधिको विकासमा सरकारले काम गरिरहेको बताएका छन ।
लिभिङ विथ आइसिटीले शुक्रबार साँझ यहाँ आयोजना गरेको आइसिटी अवार्ड–२०२१ समारोहलाई सम्बोधन गर्दै उनले सूचना प्रविधिको विकास बिना मुलुकको विकास गर्न नसकिने बताए। उनले सरोकारवालासँग सूचना प्रविधि क्षेत्रको विकास र विस्तारका लागि छलफल गर्न मन्त्रालय तयार रहेकोसमेत बताए ।
मन्त्री कार्कीले आइसिटी अवार्डले सूचना प्रविधिको क्षेत्रमा काम गर्ने युवालाई प्रोत्साहन र प्रतिभा प्रष्फुटनमा मद्दत पुर्याउने बताए । उनले सूचना प्रविधिको सही प्रयोग गर्नु अहिलेको चुनौती रहेको भन्दै सबैले मिलेर सूचना प्रविधिको क्षेत्रमा काम गर्नुपर्ने धारणा राखे। समारोहमा सञ्चार मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले सरकारले सूचना प्रविधिबाट सेवा दिएपनि सेवाग्राही सूचना प्रविधिप्रति अभ्यस्त नभएकोले सिकाउनुपर्ने बताए ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश आचार्यले जनतालाई छिटो र छरितो सेवा दिन सूचना प्रविधिको प्रयोगलाई व्यापक गर्नुपर्ने बताए । समारोहमा मन्त्री कार्की, सञ्चार सचिव डा अर्याल र सचिव आचार्यले विभिन्न व्यक्तिलाई अवार्ड प्रदान गरेका थिए ।
सूचना प्रविधिको क्षेत्रमा उत्कृष्ट काम गरेको विभिन्न १२ वटा विधामा पुरस्कार प्रदान गरिएको लिभिङ विथ आइसिटीका निर्देशक राजन लम्सालले जानकारी दिए । डिजिटल एजुकेशन आइसिटी अवार्ड (सरकारीतर्फ) कालिका मावि बुटवललाई, डिजिटल एजुकेशन आइसिटी अवार्ड (निजीतर्फ) ललितपुरको रातोबङ्गला स्कुललाई, डिजिटल सर्भिसेस (निजीतर्फ) नेपाल क्लियरिङ हाउस लिमिटेड र डिजिटल सर्भिसेस (सरकारी) आइसिटी अवार्ड भूमि व्यवस्था तथा अभिलेख विभागलाई वितरण गरिएको छ ।
यसैगरी व्यक्तिलाई प्रदान गरिने इन्टरप्रेनर आइसिटी अवार्ड दिपेश प्रधान, नेपाली डायस्पोरा आइसिटी अवार्ड नेपाल बैंक लिमिटेड, पायोनियर आइसिटी अवार्ड मनोहरकुमार भट्टराई र एनसेल वुमन आइकन आइसिटी अवार्ड गुण केशरी प्रधानलाई प्रदान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ पुस २०७८, १२ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभाको बैठकमा चलचित्र विधेयक पेश गर्दै सञ्चारमन्त्री तिमिल्सिना
सञ्चार क्षेत्रको संरचनात्मक सुधार सरकारको प्राथमिकता : सञ्चारमन्त्री
दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्राथमिकता होः सञ्चारमन्त्री तिमिल्सिना
मन्त्रीलाई आइफोन दिने चर्चा ‘गलत र कपोलकल्पित’ : सञ्चारमन्त्री तिमिल्सिना
सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता
सञ्चारमन्त्री खरेल भन्छन् : नयाँ दिन, नयाँ सुरुवात! गन्तव्य तय हुँदै छ