बुवा भेटिएको खुसियालिमा गाउँलेलाई खसी काटेर भोज

प्रकाश सिग्देल

शुक्रबार, ०२ पुस २०७८, १६ : ५८
बुवा भेटिएको खुसियालिमा गाउँलेलाई खसी काटेर भोज

चितवन । गत २७ गते भरतपुर आँखा अस्पताल परिसरबाट हराएका भरतपुर महानगर १८ राईगन्जका ८१ वर्षिय शमशेर तामाङ डुम्रे बजारबाट फेला परेका छन् ।आँखाको अप्रेसन गर्न भनि आँखा अस्पतालको गाडिमा अस्पतालमा आएका  तामाँङ अस्पताल भित्रैबाट दिउसो निस्किएर बेपत्ता भएका थिए ।

अस्पताल प्रशासन,  प्रहरी र घर परिवारले दिनरात खोजि गर्दा आज बिहाना डुम्रे बजारमा फेला परेको अस्पतालका सुचना अधिकारी रमेश घिमिरेले बताए ।अस्पतालबाट हराउँदा आफुहरु निकै चिन्तामा रहेको र अहिले शकुसल फेला पार्दा खुसि लागेको उनको भनाई छ ।

छोरा सोमबहादुर तामाङले बुवा अस्पतालबाट हराउदा परिवार धेरै तनाबमा परेको धेरै ठाउँमा खोजि गरिरहेकोमा आज ५ औ दिनमा एक्कासि फेला पार्दा आफुहरु धेरै खुसि भएको बताए । बुवा भेटेको खुसियालीमा गाउँमा खसि काटेर भोज खान लागेको उनको भनाई छ ।

अस्पतालकी व्यवस्थापक छाया श्रेष्ठले अस्पतालले १० जना भन्दा बढि कर्मचारी परिचालन गरेर  लगातार तामाङको खोजीमा लागेको बताईन् । निरन्तरको खोजी पस्चात सकुसल फेला पार्दा खुसि लागेको उनको भनाई छ ।   

प्रतिक्रिया दिनुहोस