कांग्रेस महाधिवेशन

मुस्लिमतर्फ कांग्रेस सहमहामन्त्रीमा फरमुल्लाह निर्वाचित

सफल खबर संवाददाता

शुक्रबार, ०२ पुस २०७८, १६ : ०१
मुस्लिमतर्फ कांग्रेस सहमहामन्त्रीमा फरमुल्लाह निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनबाट मुस्लिम सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर निर्वाचित भएका छन् । 

सभापति शेरबहादुर देउवा समूहका मन्सुरले शुक्रबार भएको मतगणनामा शेखर कोइराला समूहका शेख वकिललाई पराजित गरेका हुन् । मन्सुर २७७६ मत ल्याएर विजयी भएका हुन् भने वकिलले १८७१ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस