काठमाडौं । जापानको एक व्यापारिक भवनमा आगलागी हुँदा दर्जनौंको मृत्यु भएको आशंका गरिएको छ । ओशाकास्थित ८ तले भवनमा आगलागी भएको हो ।
शुक्रबार ओकाशाको शपिङ एवं मनोरञ्जन क्षेत्रस्थित ८ तले भवनमा आगो लागेको जापानको समाचार माध्यम एनएचकेले जनाएको छ । उक्त भवनको ४ औं तलाबाट आगलागी सुरु भएको समाचारमा उल्लेख छ ।
एनएचकेका अनुसार २८ जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइतेमध्ये अधिकांशको मुटु र फोक्सोले काम नगरेको कारण मृत्यु भएको अनुमान छ। आगलागीलत्तगै ओशाकाको मध्य भागमा अवस्थित किटावार्डमा कैयौं अग्निनियन्त्रक बोलाइएको र ३० मिनेटभित्रै आगो नियन्त्रणमा आएको थियो ।
आगलागी हुनुको कारण हालसम्म खुलेको छैन । तर अधिकारीले आगो लगाइएको आशंका गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ पुस २०७८, १२ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते
देशभर २२ स्थानमा आगलागीका घटना
बाजुराको मार्तडीमा आगलागी, करोडौँको क्षति
उत्तर प्रदेशमा ट्रकसँग बस ठोकिएर आगलागी हुँदा ३ जनाको मृत्यु, २४ घाइते, अधिकांश यात्रु नेपाली
सुक्खा मौसम लागेसँगै बढे आगलागीका घटना
हङकङमा आगलागीमा परेर मर्नेको संख्या ४४ पुग्यो, २७९ जना अझै बेपत्ता