‘साथी मार्ट’को ब्रान्ड एम्बास्डरमा राजेश हमाल

सफल खबर संवाददाता

विहीबार, ०१ पुस २०७८, १९ : ४८
‘साथी मार्ट’को ब्रान्ड एम्बास्डरमा राजेश हमाल

काठमाडौँ । छोटो समयमा देशका विभिन्न ठाउँमा ८५ भन्दा बढी आउटलेट विस्तार गरिसकेको ‘साथी मार्ट’ को ब्रान्ड एम्बेस्डरमा महानायक राजेश हमाल नियुक्त भएका छन् । 

बिहीबार राजधानीमा ‘साथी मार्ट’ का फाउन्डर तथा सिइओ सागर पोखरेल र नायक हमालसँग सम्झौता गरे । हमालले विभिन्न माध्यमबाट ‘साथी मार्ट’ को प्रचार–प्रसार गर्नेछन् । कार्यक्रममा मार्टका सिइओ पोखरेलले हमालका कारण ‘साथी मार्ट’ लाई ब्रान्डिङ गर्न थप सहयोग पुग्ने बताए । त्यस्तै, महानायक हमालले सार्वजनिक व्यक्ति भएपछि कुनै उत्पादन र कम्पनीमा जोडिँदा त्यसको विश्वसनीयता र उद्देश्य के हो भन्ने कुराले महत्व राख्ने बताए । 

प्रतिक्रिया दिनुहोस