कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी, कसले कति मत पाए ?

सफल खबर संवाददाता

विहीबार, ०१ पुस २०७८, १५ : ४७
कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी, कसले कति मत पाए ?

काठमाडौँ ।  नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् ।

कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहानदेखि सुरु भएको मतगणनाको अन्तिम परिणामअनुसार थापाले सर्वाधिक ३०२३ मत र दोस्रो स्थानमा शर्माले १९८४ मत ल्याएर निर्वाचित भएका हुन् । थापा डा शेखर कोइरालाको तर्फबाट महामन्त्रीमा उठेका थिए भने शर्मा प्रकाशमान सिंह समूहबाट मैदानमा उत्रिएका थिए । 

त्यसैगरी महामन्त्रीका अन्य उम्मेदवारहरु क्रमशः डा प्रकाशशरण महतले एक हजार एक हजार ५५६, प्रदीप पौडेलले एक हजार ३९३, डा मीनेन्द्र रिजालले ८०९ र डा राजाराम कार्कीले १०६ मत प्राप्त गरेको काँग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो । मतदानमा कुल चार हजार ६८२ मत गणना भएको थियो ।  कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि मतदान भएको थियो । सभापति पदको भने महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा बुधबार मतगणना सम्पन्न भई प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा सभापतिमा पुनःनिर्वाचित भइसकेका छन् ।

सभापतिबाहेक अन्य पदको मतगणना कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सुरु गरिएको हो । यसैगरी दुई उपसभापति पदको बुधबार मतगणना सम्पन्न भई पूर्णबहादुुर खड्का र धनराज गुरुङ निर्वाचित भइसकेका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस