कांग्रेस महाधिवेशन

कांग्रेस महाधिवेशन: महामन्त्रीको नतिजा नआउँदै अविर दलिएको अवस्थामा सानेपा पुगे विश्वप्रकाश

सफल खबर संवाददाता

विहीबार, ०१ पुस २०७८, १५ : ०४
कांग्रेस महाधिवेशन: महामन्त्रीको नतिजा नआउँदै अविर दलिएको अवस्थामा सानेपा पुगे विश्वप्रकाश

काठमाडौं । काँग्रेस महामन्त्रीको जारी मतगणनामा जित नजिक पुगेसँगै विश्वप्रकाश शर्मा सानेपा पुगेका छन् ।

काँग्रेस प्रवक्ता समेत रहेका उनी प्रकाशमान सिंहको प्यानलबाट चुनाव लडेका थिए । उनी चुनावको अन्तिम नतिजा नआउँदै अविर दलिएको अवस्थामा विजय मुद्रामा सानेपामा पुगेका हुन् । 

सानेपा परिसरमा सञ्चारकर्मीलाई छोटो कुराकानी गर्दै उनले आफूले सबै कुरा सुन्दरीजलमा गएर राख्ने बताए । ‘अब सबैको काँग्रेस सबैलाई जोड्ने काँग्रेस बनाउँछु । आगामी यात्राबारे सन्दरीजलको माटो ढोकेर नै सबैकुरा बताउँछु’, उनले भने ।
 

प्रतिक्रिया दिनुहोस