महामन्त्रीको मतगणना: ६०० मत गन्दा गगन थापाको अग्रता, विश्वप्रकाश शर्माले पछ्याउँदै

सफल खबर संवाददाता

विहीबार, ०१ पुस २०७८, १२ : ११
महामन्त्रीको मतगणना: ६०० मत गन्दा गगन थापाको अग्रता, विश्वप्रकाश शर्माले पछ्याउँदै

काठमाडौं । नेपाली कांग्रेसको दुई महामन्त्रीका लागि भएको निर्वाचनको सुरुवाती मतगणनामा गगनकुमार थापा र विश्वप्रकाश शर्माले अग्रता लिएका छन् । 

कांग्रेस निर्वाचन समितिका अनुसार ६०० मत गन्दा थापाले ३८१ र विश्वप्रकाशले २३१ मत ल्याएर अग्रता लिइरहेका छन् । उनीहरूलाई पछ्र्याएका प्रदीप पौडेलले २०६ मत ल्याएका छन् । 

यस्तै प्रकाशशरण महतले २०१, मिनेन्द्र रिजालले १०१ र राजाराम कार्कीले २८ मत ल्याएका छन् । महामन्त्रीमा ६ जनाबीच प्रतिस्पर्धा छ। महाधिवेशनबाट दुई जना महामन्त्री निर्वाचित हुने व्यवस्था छ। 

सभापति शेरबहादुर देउवाको प्यानलबाट डा प्रकाश शरण महत र प्रदीप पौडेल छन् भने डा शेखर कोइरालाको तर्फबाट गगन थापा र मिनेन्द्र रिजाल मैदानमा छन्। यस्तै, प्रकाशमान सिंह समूहबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधि समूहबाट डा राजाराम कार्की महामन्त्रीको उम्मेदवार छन्।

 

प्रतिक्रिया दिनुहोस