कांग्रेस महाधिवेशन : ४ हजार ५६३ मत खसेको प्रारम्भिक हिसाब

सफल खबर संवाददाता

मंगलबार, २८ मंसिर २०७८, २१ : ५२
कांग्रेस महाधिवेशन : ४ हजार ५६३ मत खसेको प्रारम्भिक हिसाब

काठमाडौं । कांग्रेसमा सभापति चयनका लागि दोस्रो चरणमा भएको मतदान सकिएको छ। दिउँसो साढे ३ बजेबाट सुरु भएको मतदान साढे ९ बजे सकिएको हो । 

पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको मतदानमा गएको हो । प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा भएको मतदान सकिएको हो । 

कांग्रेसमा सभापतिका लागि शेरबहादुर देउवा र शेखर कोइराला चुनावी प्रतिस्पर्धामा छन् ।

प्रारम्भिक हिसाब अनुसार कुल ४ हजार ५ सय ६३ मत खसेको छ । 

प्रतिक्रिया दिनुहोस