कांग्रेस महाधिवेशन अपडेट : ३८०० मत खस्यो, रातिबाट मतगणना सुरु

सफल खबर संवाददाता

मंगलबार, २८ मंसिर २०७८, २० : ३५
कांग्रेस महाधिवेशन अपडेट : ३८०० मत खस्यो, रातिबाट मतगणना सुरु

काठमाडौँ । नेपाली काँग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान जारी रहेको छ।  मंगलबार राति सवा ८ बजेसम्म ३८०० मत खसेको छ भने मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ।  

मतदानका लागि कुल ४ हजार ७४३ प्रतिनिधि रहेका छन् भने सभापतिमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा भइरहेको हो । यसैबीच मतदान सकिएपछि रातिदेखि नै मतगणनाको तयारी भएको छ ।

प्रतिक्रिया दिनुहोस