काठमाडौँ । नेपाली कांग्रेसको जारी महाधिवेशनमा सभापतिका उम्मेदवार रहेर पहिलो चरणबाट बाहिरिएका नेता प्रकाशमान सिंहले आफूले शेरबहादुर देउवालाई विनाशर्त समर्थन गरेको दाबी गरेका छन् ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै दोस्रो चरणको निर्वाचनमा आफूले शेरबहादुर देउवालाई समर्थन गरेको विषयमा निश्चित कुनै पदका लागि सम्झौता गरेको भन्ने ढंगका समाचारहरु आएको भन्दै नेता सिंहले त्यस्ता समाचारहरुप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
‘प्रथम चरणको निर्वाचनमा सबैले भन्दा बढी मत प्राप्त गर्नुभएको तथा आफ्नो कार्यशैलीमा परिवर्तन गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हुँदा मैले मेरो स्ट्रेट फरवार्ड स्वभाव अनुरुप उहाँलाई समर्थन गरेको हुँ’ नेता सिंहले विज्ञप्तिमा भनेका छन्, ‘कुनै अन्य खाले अनर्गल भ्रममा नपर्न म सबै आदरणीय पत्रकार मित्रहरू र समस्त नेपाली दिदीबहिनी दाजुभाइलाई अपिल गर्दछु।’ सभापतिको उम्मेदवारीका लागि संस्थापन इतर समूहमा लगातार छलफल भए पनि साझा उम्मेदवार तय हुन नसकेपछि उनी सहित शेखर कोइराला मैदानमा उत्रिएका थिए।
देउवाबाट अब पार्टी चल्न नसक्ने बताउँदै आएका नेता सिंहले दोस्रो चरणमा संस्थापन इतरका उम्मेदवार कोइरालाको सट्टा देउवालाई साथ दिएपछि पदका लागि उनले क्याम्प परिवर्तन गरेको भन्दै समाचारहरु सार्वजनिक भएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ मंसिर २०७८, २० : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आतंकवादको विरोधमा हुने कारबाही जायज: कांग्रेस
राजेन्द्र लिङ्देनको भनाइमा कांग्रेसको आपत्ति
प्रधानमन्त्रीले कार्यशैली बदल्नुपर्छ: पूर्णबहादुर खड्का
शिक्षकसँग भएको सम्झौताअनुसार शिक्षा विधेयक छिटो आउनुपर्छ : कांग्रेस
सरकारले पूर्वराजालाई शाही निसान प्रयोग नगर्न भन्नुपर्यो : रामहरि खतिवडा
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान