कांग्रेस महाधिवेशन : दोस्रो पटकको मतदानमा २५ सय मत खस्यो

सफल खबर संवाददाता

मंगलबार, २८ मंसिर २०७८, १९ : ५८
कांग्रेस महाधिवेशन : दोस्रो पटकको मतदानमा २५ सय मत खस्यो

काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत भइरहेको सभापतिको दोस्रो चरणको मतदानमा २५ सय बढी मत खसेको छ । मतदान सुरु भएको तीन घण्टामा २५ सय बढी मत खसेको निर्वाचन समितिले जनाएको छ । 

चार हजार ७४३ जना मतदाता रहेको महाधिवेशनमा पहिलो चरणमा भने चार हजार ६८१ जनाले मतदान गरेका थिए । राष्ट्रिय सभागृहमा जारी मतदानका लागि ६ वटा बुथ राखिएको छ । सभापतिका लागि पहिलो चरणमा बढी मत पाएका शेरबहादुर देउवा र शेखर कोइराला मैदानमा छन् । 

पहिलो चरणमा देउवा, कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङबीच प्रतिस्पर्धा भएको भए पनि कुनै उम्मेदवारले ५० प्रतिशत भन्दा धेरै मत पाउन नसकेपछि दोस्रो चरणको मतदान भएको हो । 

प्रतिक्रिया दिनुहोस