कांग्रेस महाधिवेशन : दोस्रो चरणको मतदानअघि कोइरालाले पत्रकार सम्मेलन गर्दै

सफल खबर संवाददाता

मंगलबार, २८ मंसिर २०७८, १३ : ४१
कांग्रेस महाधिवेशन : दोस्रो चरणको मतदानअघि कोइरालाले पत्रकार सम्मेलन गर्दै

काठमाडौँ । शेखर कोइरालाले दोस्रो चरणको चुनावलाई लिएर आफ्नो धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्ने भएका छन् । काठमाडौँको हात्तीसारमा कोइरालाले आकस्मिक रुपमा पत्रकार सम्मेलन गर्न लागेको उनको सचिवालयले जनाएको छ ।

सोमबार भएको चुनावमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत प्राप्त नगरेकाले मंगलबार दिउँसो साढे ३ बजेदेखि दोस्रो चरणको मतदान हुने भएको हो ।

पहिलो चरणमा ८२ मत अपुग भएका शेरबहादुर देउवालाई पहिलो चरणमा उम्मेदवार रहेको प्रकाशमान सिंह र विमलेन्द्र निधिले पनि समर्थन गरेपछि कोइरालाको सम्भावना सकिएको छ । तर उनले आफू चुनाव लड्ने र धारणा सार्वजनिक गर्नका लागि पत्रकार सम्मेलन आयोजना गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस