कल्याण गुरुङको पनि समर्थन देउवालाई

सफल खबर संवाददाता

मंगलबार, २८ मंसिर २०७८, १३ : १५
कल्याण गुरुङको पनि समर्थन देउवालाई

काठमाडौं । नेपाली कांग्रेस सभापतिको दोस्रो चरणको मतदानमा कांग्रेस नेता कल्याण गुरुङले पनि शेरबहादुर देउवालाई समर्थन गर्नेभएका छन ।

कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सोमबार सभापतिका लागि भएको मदानमा उम्मेदवार बनेका कसैले पनि बहुमत नल्याएपछि दोस्रो चरणमा गुरुङले देउवालाई सघाउने भएका हुन।

सभापतिमा उम्मेदवारी दिएका देउवा, विमलेन्द्र निधि, डा। शेखर कोइराला, प्रकाशमान सिंह र गुरुङ कसैले पनि पहिलो चरणमा ५० प्रतिशत मत ल्याउन सकेनन् ।कल्याण गुरुङले कांग्रेस सभापति निर्वाचनको पहिलो चरणमा २२ मत पाएका थिए ।

यस अघि प्रकाशमान सिंह र विमलेन्द्र निधिले पनि सभापतिमा देउवालाई समर्थन गर्ने निर्णय गरेको थियो ।अब डा कोइरालाबाहेक सभापतिका सबै उम्मेदवार देउवासँग उभिएका छन  ।

प्रतिक्रिया दिनुहोस