कांग्रेस महाधिवेशन

देउवा र कोईरलाबिचको दोस्रो चरणको मतदान साढे ३ बजेदेखि हुने

सफल खबर संवाददाता

मंगलबार, २८ मंसिर २०७८, ११ : ०७
देउवा र कोईरलाबिचको दोस्रो चरणको मतदान साढे ३ बजेदेखि हुने

काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत सभापति चयनका लागि दोस्रो चरणको मतदान आजै हुने भएको छ । पहिलो चरणमा सभापतिका कुनै पनि उम्मेदवारले जितका लागि आवश्यक प्रचास प्रतिशत भन्दा धेरै मत नपाएपछि दोस्रो चरणको मतदान हुन लागेको हो ।

मतदान आजै साढे ३ बजेदेखि सुरु हुने छ ।सोमबार मतदान भएका तीन स्थानमा नै आज पनि मतदान हुने भएको छ ।पहिलो चरणमा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अरुले भन्दा बढी मत पाए तर बुहमत पुर्‍याउन सकेनन् ।

कांग्रेसको विधान अनुसार सभापतिमा निर्वाचित हुन बहुमत अर्थात ५१ प्रतिशत मत ल्याउनुपर्छ । दोस्रो चरणमा सबैभन्दा धेरै मत ल्याउने देउवा र दोस्रो हुने डाक्टर शेखर कोइराबीच प्रतिस्पर्धा हुने छ । सोमबार भएको मतदानमा ४६७९ मत खसेको थियो । जसमा देउवाले २२५८ मत ल्याए भने १७४९ मत पाए ।

 

प्रतिक्रिया दिनुहोस