काठमाडौं । नेकपा एमालेभित्र वरीयताक्रम, कार्यविभाजन र केन्द्रीय सदस्य मनोनयनको विषयलाई लिएर देशव्यापी रुपमा असन्तुष्टि बढेको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीहरूसँग छलफल नगरी कार्यविभाजन,मनोनयन र वरीयताक्रम निर्धारण गरेपछि असन्तुष्टि देखिएको हो। नवौं महाधिवेशनमा माधव नेपालसँग जोडिएका र पार्टीमा फरक विचार राखिरहेका नेताहरूप्रति ओलीले पूर्वाग्रह राखेर कार्यविभाजन गरेको आरोप नेताहरूले लगाएका छन्।
दोलखाका एमाले अध्यक्ष ईश्वरचन्द्र पोखरेलले आफूभन्दा कनिष्ठलाई केन्द्रीय सदस्य, पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज बनाएको भन्दै राजीनामा घोषणा गरेका छन्। दोलखामा सरस्वती बस्नेतलाई इन्चार्ज बनाएर पठाएपछि उनले राजीनामा दिएका हुन्।
ओखलढुंगाका एमाले नेता छवि कार्कीको हत्या आरोप लागेका बालकृष्ण ढुंगेललाई पोलिटब्युरो सदस्य बनाएपछि उनलाई एमालेको नेता मानेर कार्यकर्तामाझ जान असजिलो भएको एमालेका पुराना नेताहरूले बताएका छन्। ढुंगेल माओवादीबाट एमालेमा आएका हुन्। ‘हिजोसम्म उहाँलाई हामीले हत्यारामात्रै भनेनौं, माओवादीहरूले हाम्रा कार्यकर्तालाई गरेको थिचोमिचो लिएर जनतामाझ गएका थियौं।
आज तिनै मान्छेलाई पोलिटब्युरो सदस्यका रुपमा लिएर हिँड्नुपर्ने अवस्था आयो। दुई कार्यकाल केन्द्रीय सदस्य भएका यज्ञराज सुनुवार र किशोर अधिकारी पोलिटब्युरो सदस्य बन्न सकेनन्। प्रचण्ड ९माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल० लाई गाली गरेको भरमा ढुंगेललाई नेता बनाइयो। यो अवस्थामा हामी कार्यकर्तामाझ जाने अवस्था छैन’,ओखलढुंगाका एक नेताले भने। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, २८ मंसिर २०७८, ०७ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)