कांग्रेस महाधिवेशन : चार हजार ३ सयले गरे मतदान

सफल खबर संवाददाता

सोमबार, २७ मंसिर २०७८, २१ : ५५
कांग्रेस महाधिवेशन : चार हजार ३ सयले गरे मतदान

काठमाडौँ । नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत सोमबार भइरहेको मतदानमा चार हजार ३०० मत खसेको छ ।

सोमबार राति साढे ९ बजेसम्ममा चार हजार ३ सय मत खसेको कांग्रेस निर्वाचन समिति सदस्य तेज रावलले जानकारी दिए । राष्ट्रियसभा गृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा जारी मतदानमा चार हजार ७४३ जना प्रतिनिधि रहेका छन् । 

एक सय ३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । 

प्रतिक्रिया दिनुहोस