काठमाडौँ । भद्रपुर भन्सार कार्यालयका भन्सार अधिकृत प्रमोद पौडेलसहित चार जना कर्मचारीविरूद्ध उच्च अदालत विराटनगरमा मुद्दा दायर गरिएको छ।
राजश्व अनुसन्धान विभागको इटहरी कार्यालयले एक करोड ६० लाख ७५ हजार ३७८ रुपैयाँ बिगो माग्दै सोमबार पौडेलसहित चार जनाविरूद्ध मुद्दा दायर गरेको हो। अन्य मुद्दा दायर गरिएका कर्मचारीमा नायब सुब्बा नानुका पोखरेल, लक्ष्मी विश्वकर्मा र किशोर आचार्य छन्।
लापरबाहीपूर्वक मावलस्तु चेकजाँच गरी राजश्व चुहावट गरेको अभियोगमा उनीहरूमाथि अनुसन्धान थालिएको थियो।
अनुसन्धानको क्रममा उक्त बराबर रकमको राजश्व चुहावट गरिएको पाइएपछि मुद्दा दायर गरिएको विभागका महानिर्देशक प्रकाश पौडेलले बताए।
यस्तै, नक्कली भ्याट बिल बनाएर राजश्व छली गरेको आरोपमा सिन्धुपाल्चोकस्थित थाप्लाङ गाउँपालिका ८ का सोमिया इन्टरप्राइजेजका सञ्चालक लेकबहादुर भुलेजविरूद्ध सोमबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ।
भुलेलसँग ११ करोड ९७ लाख ९३६ रुपैयाँ बिगो, बिगोको दोब्बर जरिवाना र कैद सजाय माग गरी मुद्दा दायर गरिएको विभागले जनाएको छ।
भुलेलले ३ करोड ८२ लाख १४ हजार ८९९ रुपैयाँ मूल्य अभिवृद्धि कर र ८ करोड १४ लाख ८६ हजार ३६ रुपैयाँ आयकर छलेको विभागले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ मंसिर २०७८, २० : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
भन्सार दरको तह घटाइयो, ११ तहको भन्सार दर ७ तहमा सीमित
भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी
मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन
एमआरपी विवादले वीरगञ्ज भन्सार जाँचपास प्रभावित, व्यवसायीको असहयोग
वीरगञ्ज भन्सारद्वारा नौ महिनामा एक खर्ब ७७ करोड राजस्व सङ्कलन